सात महिनामा ४ लाख नेपाली बिदेसिए


पछिल्लो सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५ सय ५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन् । ३ लाख ५९ हजार ८ सय १२ पुरुषहरू र ४५ हजार ७ सय ४६ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । यही समयमा गत आर्थिक वर्ष २०७९÷०८० मा भने ४ लाख ७८ हजार ८ सय ३० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

विभागको तथ्याङ्क अनुसार साउन महिनामा ५५ हजार ५ सय ७५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मंसिरमा ६८ हजार २सय १, पुसमा ६५ हजार ८ सय १३ र माघ महिनामा ६२ हजार १ सय ४७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया