जुम्लामा प्रहरीलाई विद्यार्थीले हस्तान्तरण गरे लागुऔषध परीक्षण किट


जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तर्गत लागुऔषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ। प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले बृहत र्याली सहितको जनचेतनामुलक कार्यक्रम गरेर ५० वटा लागु औषध परीक्षण किट हस्तान्तरण गरेको हो । विद्यालयका संस्थापक मनोज बुढाथोकी मगरले ४० वटा लागु औषध र १० वटा अन्य परीक्षणका लागि ५० वटा किट हस्तान्तरण गरिएको बताए।सो विद्यालयका वालवालिकाले प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिलाई सो किट हस्तान्तरण गरिएको हो।उक्त विद्यालयका विद्यार्थीले उठाएको रकमले सो किट खरिद गरेर प्रहरीलाई उपलब्ध गराईएको छ ।
विद्यार्थी लागु औषध परीक्षण गर्न लागु औषध दुव्र्यसनी प्रयोगकर्ता बढिरहेको समयमा यसरी पहिलो पटक किट ल्याएर नमूना काम गरेकोमा सरोकारवालाले धन्यवाद ज्ञापन गरेका छन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सामाजिक काममा राज्यलाई सहयोग गर्ने नमूना काम गरेकोमा एशिया स्कुलका विद्यार्थी र सम्पूर्ण परिवारलाई धन्यवाद ज्ञापन गरे।उनका अनुसार सामाजिक चेतना अभावका कारण लागु औषध जस्ता विकृति बढिरहेको समयमा सवैको सहयोग आवश्यकता छ।
घर परिपरिवारमा शान्ति ल्याउन समाजका विकृति हटाउने काम महत्वपूर्ण छ।प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिले प्रहरीको लागु औषध दुरउपयोग विरुद्धको अभियान अन्तर्गत लागु औषध किट मार्फत परीक्षण शुरु गर्नका लागि जुम्लामा पहिलो पटक किट हस्तान्तरण गरेकोमा एशिया स्कुललाई धन्यवाद ज्ञापन गरे।उनले अव स्थानीय सरकार, विद्यालय र सामाजिक संस्थाले पनि यस्ता काममा सहयोग पुरयाउन अपिल गरे। जुम्ला प्रहरीले लागु औषध विरुद्धको विभिन्न जनचेतना कामहरु गर्दै आएको र एशिया स्कुलले प्रदान गरेको लागु औषध विरुद्धको किट सदुउपयोग गरि परीक्षण गरिनेमा जोड दिए।यता जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार हरेक वर्ष लागु औषध बढ्दो क्रममा छ।
यस्तै आर्थिक वर्ष २०७७र०७८मा १४,आर्थिक वर्ष २०७८ र०७९ मा १३ जना,२०७९र८० २५, आर्थिक वर्ष २०८०र०८१ मा २६ र चालू आर्थिक वर्ष २०८१र८२ मा ६ जना लागु औषधको आरोप पक्राउ प्रतिवादी छन्।यस्तै २०७७र०७८ मा लागूओैषधको परिणाम ६ सय ८० मिली ग्राम चरेस १ सय ४ ग्राम २०७८र७९ मा ब्राउन सुगर १ सय ५ मिलीग्राम चरेस ७६।६२ग्राम र २ सय ४१ पीस ट्रमाडोल र कोलोनो जेपाम्म ट्यापलेट बरामद भएको छ।
यस्तै आर्थिक वर्ष २०८०र०८१ मा १० ग्राम ४ सय ७७ मिलीग्राम र ३० वटा ट्याप्लेट र चरेस १ सय ८७ ग्राम ६ सय ४८ मिलीग्राम लागूओैषभ बरामद गरिएको प्रहरीले जनाएको छ।चालू आर्थिक वर्षको पहिलो महिनामा २ ग्राम ७ सय २० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रमुख छेदिलाल कामतीले बताए।नेपाल मजदुर किसान पार्टीका प्रदेस सदस्य नेता शिवलाल डाँगीले लागु औषध विरुद्धको हरेक प्रकारका अभियानमा आफ्नो पार्टी तयार भएको बताए।
यो अभियानमा नेमकिपामा सहयोग हुने प्रतिवद्धता हुनेछ।किट हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति दिपबहादुर शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने, राप्रपाका नेता मनसुर सुनार, नेपाल कम्यूनिष्ट पार्टीर्का इन्चार्ज विर्खबहादुर शाही सहितका नेताहरुको किट वितरण कार्यक्रमका उपस्थिति रहेको थियो।






