चर्चित बुलबुले ताल अवस्था भने बेहाल

बुलबुले तालले चिनिएको सुर्खेतअहिले बुलबुले ताल, ताल जस्तो हुनसकेको छैन् । बुलबुले ताल एक सुर्खेतको पर्यटकीय स्थलको रुपमा मानिन्छ । तर बुलबुले तालको पहिचान संकटमा पर्न थालेको छ । २८ हजार वर्ग मिटर क्षेत्रफलमा बनेको कृत्रिम तालमा अहिले तालमाथी घाँस पलाएका छन् ।

यसको संरक्षण र पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान नदिँदा फोहोर लथालिङ्ग बनेको छ । १० वटा धारासहितका बुलबुले तालबाट निस्कने पानी जम्मा गरेर बुलबुले उद्यानमै मानव निर्मित ताल बनाइएको छ ।११ हजार वर्ग मिटरमा फैलिएको यो ताललाई विस्तार गरेर २८ हजार वर्ग मिटर पु¥याइएको छ । तर विस्तारपछि न झारपात हटाइएको छ न त तालमा डुङ्गा नै चल्छ । २० रुपैयाँको टिकट काटेर आएका पर्यटक निराश भएर फर्किने गरेका छन् ।
सल्यान जिल्ला घर भएकी प्रमिला बुढा २५ बर्षको भईन् । उनी सुर्खेतको मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन तर्फको सातौं सेमेस्टरमा अध्यनरत छिन् । आफुलाई झन्झटिलो भएको बेला बुलबुले उद्यानमा आनन्द लिनको लागि २० रुपैयाँमा टिकट काटेर जाने गरेको बताईन् ।
उनले भनिन, ‘बुलबुले उद्यानमा आउन त मन लाग्छ, आउँछु पनि तर यहाँ बनाईएका संरचना लथालिङ्ग छ डुङ्गा चल्ने तालको हालत यस्तो छ । म मात्र होईन सबैलाई अव्यवस्थित ताल जस्तो लाग्छ होला । अहिले त ताल भन्दा पनि फोटो खिच्नको लागि आउँछन् होला जस्तो लाग्छ ।’
१५÷२० जना व्यक्तिले हातहातमा क्यामेरा लिएर आउँने र फोटो खिच्न पनि आग्रह गरेका हुन्छन् कतिपयले बुलबुले जाउ फोटो खिचेर आउला भन्ने गरेको सुनेको उनले बताईन् । यता ५२ बर्षिय भिमकुमारी पौडेल पनि चार जना बालबालिका लगेर बुलबुले उद्यान गएकी थिईन् । बुलबुले ताल, पार्कमा रमाउनका लागि गएको बताईन् । जुन बेला बुलबुलेमा लगाएका फुलका विरुवा समेत नभएको उनले बताईन् । व्यवस्थित गर्न लागेको स्थानीय तहले अहिले ती काममा भने ध्यान नदिएको उनको भनाई छ । प्रसस्त पानी छ तर कुनै पनि लगाईएका विरुवामा पानि नै नभएको उनले बताईन् ।
बुलेबुले उद्यानका टिकट काउन्टरका सनक कुमार आचार्यले दैनिक रुपमा तीन सय जना बढी पर्यटकहरु बुलबुले उद्यानमा आउने गरेको बताए । साथै दैनिक रुपमा १५÷१६ समुह भने पिकनिकको लागि आउने गरेको उनले जानकारी दिए ।बुलबुलेमा प्रति व्यक्ति २० रुपैयाँ टिकट रहेको र पिकनिकका लागि आउने समूहमा रहेका व्यक्तिहरुको काउन्ट गरीप्रति व्यक्तिकै दरको हिसाबले टिकट काट्ने गरेको आचार्यले बताए ।
जडान गरिएका बत्ती फोडिए

वीरेन्द्रनगर नगरपालिकाले पिकनिक खाने ठाउँमा ६÷७ सय विजुलीका बत्ती जडान गरेको थियो । तर एकै रातमा अन्य व्यक्तिहरुले १५÷२० वटा विजुलीका बत्तिहरु फुटालिदिएपछि पालिकाले बत्तीहरु भने निकालेर राखेको वीरेन्द्रनगर नगरपालिकाका प्राविधिक शाखाका अमिन महेश पौडेलले जानकारी दिए ।
अहिले ति ठाउँमा चार वटा सोलारबत्तिहरु मात्र रहेको उनले बताए । एक ठाउँमा मात्र पानी, बत्तिको सुविधा रहेको पौडेलले बताए । विजुलीका बत्तिहरु मात्र नभई बनाइएका संरचना समेत फटाह व्यक्तिहरुले फालिदिने, फुटालिदिने गरेको उनको भनाई छ ।
तालको जिम्मेवारी दिए व्यवस्थापन गछौंं: वडाध्यक्ष
वीरेन्द्रनगर नगरपालिका–१० का वडा अध्यक्ष डिलबहादुर रखाल करिब ६ महिना अगाडि बुलबुले तालको सरसफाई गरेको बताए । त्यसबेला १०÷१२ फिट गहिराई खनेर सरसफाई गरिएको उनले जानकारी दिए ।
अध्यक्ष रखालले भने,‘एक जना पोखराबाट मेरो घरमा पाहुना आउनु भयो र बुलबुले हेर्न जाम भनेर गईम पनि तर बुलबुले तालमा पुरै घाँस उम्रिएको रहेछ । म आफै पनि छक्क परे । कुरा गरे कुरैको दुख छ वडा नम्बर १० मा देउती बज्यै मन्दिर छ, बुलबुले ताल छ तर वडाको मातहतमा छैन्, सम्पदा भन्छ पालिकाकै मातहतमा भन्छ ।’
अहिले भएका कर्मचारीले पनि व्यवस्थित तरिकाले काम नगरेको उनको भनाई छ । संरक्षणको लागि नेपाली सेना, वेरोजगारी युवाहरुलाई रोजगारी दिने तरिकाले नयाँ व्यवस्थापनको लागि १०÷१२ कर्मचारी थपेर काम गर्दा व्यवस्थित हुने उनको सुझाव छ ।
बुलबुले ताल उपत्यका नगर विकास अन्तरगत भएकाले वडाको सदस्य पनि बस्न नपाउने व्यवस्था रहेछ झन समस्या भएको रखालले बताए । नगरले समिति गठन समेत ग¥यो तर छनौंटमा नपरेको उनले बताए । सम्बन्धित सम्पदाहरु जुन वडामा छन् ति वडाले नै व्यवस्थापन गर्ने भनेको भए वडाले पनि त्यहि अनुसारको जनशक्ति लगाउने र त्यसबाट उठ्ने गरेको राजश्वबाट पनि केहि विकास गर्न सकिने उनको भनाई छ ।
बाहिरबाट आउने पर्यटकले बुलबुले ताल भनेर आउने गर्छन् तर बुलबुलेमा घाँस उम्रेको छ यस विषयमा सबै जनप्रतिनिधिको चासो रहेको र आवाज समेत उठाउने गरेको अध्यक्ष रखालले जानकारी दिए । पार्कसहितको खुला मैदान र यातायातको सहज पहुँच भएका कारण बुलबुले आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर पार्कको व्यवस्थापन र सरसफाई निकै कमजोर छ ।
बुलबुले तालको अस्तित्व संकटमा पर्न नदिन र मानव निर्मित तालको सुन्दरतालाई उजिल्याउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन स्थानीय र प्रदेश सरकारले बुलबुले उद्यानलाई व्यवस्थित गर्न जरुरी छ । वीरेन्द्रनगर नगरपालिकाले भने बुलबुले तालको अस्तित्व जोगाइन राख्न र मानव निर्मित तालको सरसफाई गरेर ढुङ्गा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।






