खलंगामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन

जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्य व्यङ्ग्य कलाकार गरिकुडाका जोडिको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो।उद्योग बािणज्य संघको हलमा प्रदर्शन शुरु गरिएको उक्त चलचित्रको उद्घाटन चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गरेका छन् ।

उनले चलचित्रले एकातिर खस भाषाको संरक्षणमा जोड दिनुका साथै अर्कोतिर यहाँको सस्कृतिको बिषयमा थप उजागर हुने बताए।उनले स्थानीय सरकारले यस्ता प्रकारका कामलाई प्रथामिकता दिने समेत प्रतिवद्धता जनाए ।

स्थानीय कलाकार आयूष शाही कथा निर्देशनमा कलाकारहरु खसभाषामा टिकटकमा गरि कुडाबाट चर्चित जोडि विर्खबहादुर महत, लक्ष्मी खत्री, कलाकार एशोधा देवकोटा, स्वागत शाही, तुल्सि विश्वकर्मा, बसन्त विश्कर्मा, सरगम शाही, मिमबहादुर शाही लगायतले चलिचित्र गोठमा भाग लिएका छन् ।

चलचित्र गोठमा कर्णालीमा कुप्रर्थाको रुपमा रहेको छुईप्रथाले महिलाहरु गोठमा बस्न वाध्य हुने र त्यस कारणले महिलाहरुमा असुरक्षा भईरहने बिषयमा सचेतना दिईने काममा प्रथामिकता दिईएको छ । गोठ चलचित्र जुम्लामा २ दिन शुरुवात गरेर कालिकोटमा प्रदर्शनका लागि तयारी भईरहेको कलाकार विर्खबहादुर महतले बताए ।

छाउपडिको अवधिमा गोठमा बस्न वाध्य महिलाहरुको समय समयमा वलात्कार हुने, सर्पले डस्ने, वालविावाह हुने घटना बढिरहेकाले सचेतना दिन गोठ चलचित्र आएको हो ।

कर्णालीका बस्तिमा घरको तल्लो तलामा गोरु, गाई राख्ने र माथिल्लो तलामा मान्छे बस्ने चलन छ । गाई बस्ने स्थानलाई गोठ पनि भनिन्छ । महिनावारी भएको समयमा गोठमा बस्ने कारणले विभिन्न स्वास्थ्यमा समस्या भईरहेका छन् ।

खलंगामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन

सिलाई कटाईबाट आत्मनिर्भर बन्दै लक्ष्मी

खलंगामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन

कर्णाली करिडोर हालसम्म दुई सय ६३ किमि