नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो ।

सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन । मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा मंगलवार फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् ।

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

YUGAAWHAN NATIONAL DAILY (2080-07-14)

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

एडिबी र नेपालबीच १३ अर्बको ऋण सम्झौता