घरेलु सीप त छ, तर सीपको सम्मान छैन्

जुम्लाको चन्दननाथ नगरपालिका–४ सिगाचौर गाउँका मुनबहादुर नेपाली काठको काम गर्ने सीपका धनी हुन् । ५० वर्घ पार गरिसक्दा पनि उनले दार (राम्रो काठ) का दराज,टेवल,सुत्ने खाट, कुर्सी, सोफासेट, र्याक लोबेड, ग्यास टेवल र राउन्ड टेवल लगायत अन्य घरायसी सामान बनाउँछन् । स्थानीयका अनुसार नेपाली फर्निचर व्यवसाय गर्छन  । आफैंले बनाएका सामानको बिक्रीबाट उनको पारिवारिक जीवन खुसी र सुखी छ । केही वर्ष अघिसम्म यस्तो थिएन ।

नेपाली भारतका विभिन्न सहरमा काम खोज्न भौतारिन्थे । कमाइबाट घर खर्च धान्नै मुस्किल थियो।भारत नपसेर वा अरुको काम नगरी सुख थिएन । अरू रोजगारीको विकल्प केही थिएन,उनले भने,मेरो एकल कमाइले घरमा श्रीमती जहिले तनावमा पर्थिन्।अहिले मुनबादुरको व्यवसाय फस्टाइरहेको छ । उनले भारत पस्नुपरेको छैन ।

कुनै आर्थिक अभाव झेल्नुपरेको छैन । केटाकेटी ( नातिनातिनी)लाई राम्रै स्कुलमा पढाउन पाएका छौं ।
चाडपर्वमा मिठोमसिनो खान पाएका छौं, उनले भने ९ जनाको परिवारलाई लत्ताकपडा,घरखर्च,खाने नुनतेल, गर्न सजिलो छ। घरमा दुईवटा छोरा, दुईवटा बुहारी नातिनातिना, ७९ वर्षकी आमा र उनको परिवार सहित ९ जनाका परिवार छ ।

फर्निचर व्यवसायमा गरेर गाउँकै नमुना मान्छे बनेका छन् । मुनबहादुर भने, कुर्सीको मुल्य न्युनतम दुई हजार पाँच सय देखि ६ हजार, दाराज १० हजार देखि ३० हजार,सोफासेट तीन हजारदेखि तीन हजार पाँच सय, राउन्ड टेवल ३० हजार देखि ४५ हजार सम्म, र्याक पाँच हजार १५ सम्म, लोबेड १० हजार देखि ३० हजार सम्म, सुत्ने खाट पाँच हजार देखि १५ हजारसम्म बिक्री भइरहेको छ ।

श्रीमान्को कमाइले घरखर्च चल्न नसक्ने अवस्था आएपछि पत्नी मन्नु नेपालीले नै अग्रसरता देखाइन् । उनले केही उद्यम गर्ने जमर्को गरिन् ।

अहिले व्यवसायले उनको भारत जानुपरेको छैन । यही व्यवसायले नेपाली दम्पतीको जीवनमा कायापलट भएको छ । सुखपूर्वक दैनिकी बिताइरहेका छन् । नेपालीले १३ वर्षको उमेरमै सीप सिकेका थिए,यो घरेलु सीप उनले आफ्नो बुबा बाट सिकेका हुन् ।
नेपाली पतिपत्नी विहान १० वजे देखि बेलुका साढे ६ वजेसम्म उक्त सामाग्री बनाउन व्यस्त देखिन्छन् ।

आफूले थालेको काठको सामग्री बनाउने काममा सफलता हात लाग्दै जाँदा भारतमा काम गर्न जादैनन्।घरमै मासिक ३० देखि ३५ हजार कमाई हुने भएपछि उनी उत्साहित छन् ।

कुनै पनि तालिम नलिई कलात्मक फर्निचर सामान बनाउने सीप सिकेको बताए।यो बुबाको पुर्खाैली सीप थियो,मलाई सिकाउनु भयो,अहिले राम्रो भएको छ ।

बुबा बित्नु भयो,सीप छोडेर गए,उनी भावुक हुदै भने,उनले बनाएका दराज,टेवुल,कुर्सी,सोफासेट जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र अलि धनिमानी घरमै पुग्छन् ।

केही आफ्नै घरबाट बेच्छन् । तर,बजारको आकार सानो भएकोले सीप खेर जाने गुनासो पोखे ।अडर भएपछि मात्रै बिक्री हुन्छ । नत्र दुख गरेर बनायो,घरमै थन्किएको हुन्छ,बिडम्मना । हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सिप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन,मुनबहादुरले भने, स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागु हुन नसकेको गुनासो पोख्छन् ।

घरेलु सीप त छ, तर सीपको सम्मान छैन्

रारा तालको साइकल मार्ग ६ वर्षदेखि अलपत्र

घरेलु सीप त छ, तर सीपको सम्मान छैन्

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय