गृह मन्त्रालयले सिँजाको ईलाका प्रशासनमा खटायो अधिकृत

अधिकृत विहिन भएको ईलाका प्रशासन कार्यालय नराकोट सिँजामा गृह मन्त्रालयले लामो समय पछि अधिकृत खटाएको छ । ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाईएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सुचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढाक्षेत्री ईलाका प्रशासन कार्यालयमा खटिएका छन् ।
उनका अनुसार ईलाका प्रशासन कार्यालय सिंजा नराकोट जुम्लाका लागि तत्काल नागरिकता लगायत अत्यावश्यक सेवा प्रवाह सुचारु गर्न यहि कात्तिक १५ गते देखी गृह मन्त्रालय, सिंहदरवार काठमाडौंमा कार्यरत शाखा अधिकृत रेश्मा बुढा क्षेत्री खटिनेछन् ।
सेवा रहेका सो क्षेत्रका सेवाग्राहीले आवश्यक कागजात सहितका ईलाका प्रशासन कार्यालय, नराकोटमा यथासिघ्र सम्पर्क गर्न हुन् जानकारीको लागि अनुरोध छ । अधिकृत स्तरको दरवन्दी भएको ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउदा नायब सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गरिदै आएको थियो ।
करिब २ महिना अघि नायव सुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिँजाबाट नागरिकता बितरण प्रभावित भएको थियो । सिँजामा आधिकारिक कर्मचारी नहुदा नागरिकता हस्ताक्षर गर्न नागरिक सदरमुकाममा आउनु पर्ने वाध्यता थियो ।
चाडपर्व पछि झनै सेवाग्राही बढेका भएपनि कर्मचारी नहुदा हैरान भएको थियो। ईलाका प्रशासन कार्यालयमा खटिएका अधिकृत रेश्मा बुढाले मन्त्रालयले आफुलाई सिँजामा खटाएको छ, अव आएर सेवा गर्ने बताइन् । उनि जुम्ला निवासी हुन् । सरकारले पटक पटक अधिकृत खटाउन प्रयास गरेपनि अधिकृत त्यहाँ जान मानेका थिएनन् । ईलाका प्रशासन कायालय सिंजा नराकोटमा अधिकृत स्तरको दरवन्दी छ, तर सरकारले पठाउन सकेको छैन् ।
यस अघि पनि स्थानीय सुमन धिताल अधिकृत स्तरको कर्मचारी पहिलो पटक त्यहाँ गएर सेवा दिएका थिए । उनी २०७३ कात्तिकमा सरुवा भएर गए । त्यस पछि २०७३ देखी हाल सम्म सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको छैन् । अधिकृत स्तरको कर्मचारी नहुदा ५ बर्ष अनुभव भएका नायव सुब्बालाई खटाउने व्यवस्था छ । तर ति स्तरका कर्मचारी समेत नपाईएको स्थानीय प्रशासनले जनाएको छ ।






