पीएम कप क्रिकेटः बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन


कर्णालीलाई १० विकेटले पाखा लगाउँदै बागमती प्रदेशमा जारी प्रधानमन्त्री महिला कप टी–२० क्रिकेटको प्ले अफमा पुगेको छ ।

मूलपानी मैदानमा कर्णालीले दिएको ४३ रनको सामान्य लक्ष्य बागमतीले चार ओभरमा विना कुनै क्षति पूरा गर्यो । बागमतीका लागि ओपनरद्धय यसु पाण्डेले २४ तथा हेलिसा गुरुङले अविजित १३ रन जोडिन् । यो जितसँगै बागमतीले ६ खेलबाट आठ अंकसहित प्लेअफमा स्थान बनाउँदै ६ खेलमा नै पराजित कर्णाली जितविहीन बनेको छ ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णाली १३÷४ ओभरमा ४२ रनमा अलआउट भएपछि बागमतीले सामान्य लक्ष्य पाएको हो । कर्णालीका लागि श्रुति बुढाले १२ र विना थापाले १२ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीकी खुशी डंगोलले चार विकेट लिँदा संस्कृति फुयालले दुई विकेट लिइन् । आठ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।

पीएम कप क्रिकेटः बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन

एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि

पीएम कप क्रिकेटः बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन

कर्मचारी नहुँदा रोकियो अस्थायी आवासको अनुदान