जाजरकोटमा भूकम्पपीडित एक हजार ७६ जना सुत्केरी त्रिपालमुनि

जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार नांै सय १७ जना प्रभावित भएका छन् ।
यसमा जोखिम जनसंख्या २२ हजार दुई सय ६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जस अनुसार पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य भएका छन् ।
त्यसैगरी एक हजार ७६ सुत्केरी त्रिपालको सहारामा बसिरहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी र आठ सय ५० अपांगता भएका व्यक्ति पनि समस्यामा रहेका छन् ।
त्रिपालमुनि बसिरहँदा चिसोले उनीहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखापरेका छन् । चिसोका कारण केहीको मृत्युसमेत भएको छ ।
भूकम्पका कारण स्वास्थ्य संस्थाहरुमा क्षति पुगेकाले सर्वसाधारणको उपचार समेत प्रभावित भएको हो ।






