भूकम्प: रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद


जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कुल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।

सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई १६ लाख, आठबीसकोट नगरपालिकाका ३७ मृतकका परिवारलाई ६१ लाख, चौरजहारी नगरपालिकामा एक मृतकका परिवारलाई दुई लाख, रोल्पा र बर्दियाका एकरएक जना मृतक परिवारलाई चार लाख गरी कुल ८३ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

उनका अनुसार जिल्लामा ५० जना मृतकका परिवारका सदस्यलाई नगद राहत उपलब्घ गराइएको हो । आठबीसकोटमा मृत्यु भएका सल्यानका तीन जनालाई भने जिल्ला प्रशासन कार्यालय सल्यानले नगद उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

संघीय सरकारबाट प्राप्त राहत मृतकका परिवारलाई वितरण गरिएको हो । सरकारले प्रत्येक मृतक घरपरिवारलाई दुई लाखका दरले नगद राहत रकम दिइएको हो । एउटै घरमा एकजना भन्दा बढी मृत्यु भएको अवस्थामा दुई लाखमा थप एक लाख बढाएर नगद उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

संघीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपद व्यवस्थापन कोषमा पाँच करोड रकम पठाएको थियो । जसमा ८३ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास तथा पुनःस्थापनामा खर्च गरिनेछ ।

भूकम्प: रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

भूकम्प: रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद

मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र

This will close in 0 seconds