लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु


जुम्लामा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान शनिवारदेखि सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

यो वर्ष ’लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ ।

अभियानको पहिलो दिन जुम्लाको सदरमुकामको मुख्य बजारमा रहेको बालमन्दिर अगाडि दिप प्रज्वलन गरेको गरिएको छ।चन्दननाथ नगरपालिका र जिल्ला स्थिति सम्बन्धित सरोकारवाला निकायको समन्वयमा १० वटै वडामा बिभिन्न कार्यक्रम गरेर मनाउने छन् । जुम्लाका अन्य गाउँपालिकामा पनि र्याली निकालेर उद्घाटन गरिएको छ । महिला हिंसा विरुद्धको हिंसा न्युनिकारण गर्नका लागी सबैको हातेमालो आवश्यक रहेको देखिन्छ ।

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

सडक पुग्दा पनि पीडित कर्णालीः चर्को भाडादरले

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

कृषि उपजहरूको आयात निर्यातको तथ्याङ्क लिँदै कर्णाली