कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको निर्णय

काठमाडौं,१२ फागुन ।

राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसलाई दिने सहमति भएको छ। बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने टुंगो लागेको नेकपा एकीकृत समाजवादीका प्रमुख सचेत प्रकाश ज्वालाले बताए।

राष्ट्रपतिको उम्मेदवार भने कांग्रेसले तय गर्ने उनले बताए। नेपाली कांग्रेसले शनिबार कार्यसम्पादन बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने छ। राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रमुख आकांक्षी रहेका छन्।

उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। बैठकमा सहभागी नेपाली कांग्रेससहित, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता रहेको थियो।

एकीकृत समाजवादीले के पाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्वालले भने, ’आजको बैठकमा एउटामात्र एजेण्डा तय थियो। त्यो एजेण्डामा सहमति भइसक्यो। बाँकी कुरा पछिको बैठकले टुंग्याउँदै जान्छ।’

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको निर्णय

सरकारबाट बाहिरिने एमालेको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds