रेडियो शारदाले १५ औँ स्थापना दिवस मनायो

सल्यान,१२ फागुन ।

रेडियो शारदा एफएम सल्यानले आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । ग्रामिण बिकास संचार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्जले बिभिन्न कार्यक्रम गरेर १५ औँ बार्षिकोत्सव मनाएको हो । १४ बर्ष पुरा गरेर १५ बर्षमा प्रवेश गरेको अबशरमा जिल्ला कारागार सल्यानका कैदीबन्दीहरुका लागी रेडियो बितरण गरेको छ ।

कारागारमा रहेका कैदिबन्दीहरुको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यले रेडियो बितरण गरिएको रेडियोका स्टेशन मेनेजर प्रतीक ईच्छुक शर्माले बताए  । कैदीबन्दीले सुचना पाउँने माध्याम रेडियो भएको र रेडियोले रचनात्मक काम गर्न सिकाउने भएका कारण सुचना बाट बञ्चित नहुउन भन्ने उदेश्यले कारगारमै गएर रेडियो वितरण गरेको बताए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सत्य सूचनाले मात्रै नागरिकहरु हरेक क्षेत्रमा सचेत हुने भएकाले समाज र स्रोताले रुचाउने खालका कार्यक्रम ल्याउनु पर्ने बताए ।

जनता सामु सुचना पुर्याउनको लागि सामुदायिक रेडियोले महत्वपुर्ण भूमिका खेल्दै आएको भन्दै उनले अवका दिनहरुमा सृजनशिलता सँगै खोजमूलक र विश्लेषणात्मक विचारहरु प्रस्तुत गर्नुपर्ने धारणा राखे  ।

उनले भने ,“ असल मान्छे बन्नका लागि असल संस्कारको आबस्यक पर्छ, रेडियोले पनि जनतालाई अनुशासनको पालन गर्न सिकाएको छ । आफुले रेडियोको महत्व बुझेको र आम नागरिकको सेवाका लागि संचार भएकाले आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए  ।

कार्यक्रममा बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आम जनताको सुचनाको भरपर्दो माध्याम भनेको सामुदायिक रेडियो भएको बताए  । ‘जनतालाई सुसुचित गराउने माध्यम रेडियो हो, जनताको बिस्वास रेडियोबाट प्रशारण हुने सुचना समाचारमा हुन्छ, त्यसैले सत्यतथ्यमा आधारित भएर सुचना समाचार सम्प्रेशनलाई निरन्तरता दिन आग्रह गर्दछु’—उनले भने  ।

समाजमा भएको नकारात्मक र सकारात्मक कुराहरुलाई पनि समेटर रेडियो बाट उजागर गरिदिनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे  । यस्तै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रमेश गौतमले सामुदायिक रेडियोहरु सुचना र सामाचार दिने कुरामा अब्बल बन्नु पर्ने बताए  । उनले रेडियो सुन्ने स्रोता बढदै गएकाले क्वालिटी, बिस्वस्नियतामा ध्यान दिनुपर्ने र जिम्मेवार बाट पछि हटन नहुने बताए  ।

यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका सह–सचिव बुद्धि पुनले अहिले पनि भौगोलिक बिकटताका कारण अन्य संचार माध्याम भन्दा रेडियो नै सुचनाको भरपर्दो माध्याम भएको बताए । अझै ग्रामिण स्तरका बस्ति सम्म टिभि र पत्रिकाको पहुँच नभएका कारण रेडियो नै जनताको सुचना पाउँने सारथी बनेको बताए ।

यस्तै रेडियो तहल्काका अध्यक्ष तथा स्टेशन मेनेजर डिल्ली रावतले सामुदायिक रेडियो लाई सिकाई र अवसरको रुपमा लिएको बताए  । रेडियो सञ्चानमा चुनौती रहेपनि चुनौतीलाई अवसरमा बदल्नु पर्ने बताए ।

रेडियोका स्टेशन मेनेजर प्रतीक ईच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख दामोदर केसी, अनुसन्धान प्रमखु संजिव चौधरी अन्य सुरक्षकमी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । २०६५ साल फागुन १२ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ ।

रेडियो शारदाले १५ औँ स्थापना दिवस मनायो

रेडियो शारदाको स्थापना दिवसको अवसरमा अक्षयकोष स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds