भूकम्पपीडितलाई लत्ताकपडा सहयोग

अदानचुली गाउँपालिकाले जाजारकोट भूकम्प पीडितका लागि लत्ताकपाड सहयोग गरेको छ । सो गाउँपालिकाले लत्ताकपडा कर्णाली प्रदेश सरकारको आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको बताएका छन् । जसमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने प्रिफम सहयोग गरिएको हो ।
थोरै भए पनि सामाजिक उत्तर दायित्वअन्तर्गत उद्धार कोषबाट लागत ब्यहोर्ने गरी लत्ताकपडा सहयोग गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।






