त्रिपालमा रात काट्दाँ चिसो सँगै सर्पको डर

जाजरकोट रामिडाडा केन्द्र बिन्दु भएर गएको भूकम्पले भएका प्रभावित घरहरु अहिले कतिपय गाउँपालिका र नगरपालिकामा अस्थायी टहरा निर्माण भैरहेका छन् ।

राहतको लागि आयको त्रिपाल ले जनजिवन कष्टकर बन्दै गएको छ । एकै घरमा बस्दै आएका छोराबुहारि, सासुससुरा, जेठाजुबुहारि एकै त्रिपालमा बस्न बाध्य छन् । गाउँघरको रहन सहन रितिरिवाज चालचलन अझै उत्तिकै रहेको छ ।

जेठाजु बसेको ठाउमा बुहारि नबस्ने भएपछि त्रिपाल अपुग भएको छ । साथै महिला हरुको समस्या झनै कष्टकर छ । महिनावारी हुँदा खान खाने र बास बस्ने समस्या निकै दर्दनाक रहेको छ । त्यो रितिरिवाज अझै हराएको छैन भन्दै केहि वृद बुवा हरुको भनाई छ ।

एक्कासि रितिरिवाज चालचलन परिवर्तन गर्न पनि सक्दैनौ र एक जनाले परिवर्तन गरे पनि सबैले गर्न अप्ठ्यारो लागेको उनीहरुले बताए ।

त्यस्तै अर्को विषय त्रिपाल मुनि सुतिरहदा चिसोले रुघा खोकि सहित बालबच्चाहरुमा निमोनिया देखिन थालेको छ । राति सौचालय नभयर बाहिर जादा सर्पको डर पनि उत्तिकै रहेको उनीहरुको भनाई छ ।

त्रिपालमा रात काट्दाँ चिसो सँगै सर्पको डर

जुम्लामा कुमारी बैंकको १०९ औँ शाखा स्थापना

त्रिपालमा रात काट्दाँ चिसो सँगै सर्पको डर

YUGAAWHAN NATIONAL DAILY (2080-08-06)