जुम्लामा कुमारी बैंकको १०९ औँ शाखा स्थापना


कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पुर्याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले बताए । उनका अनुसार यस बैंकले नागरिकको जीवनस्तर माथी उकास्नका लागी विशेष प्याकेज ल्याएको छ ।
कुमारी बैंकले नागरिकलाई आर्थिक रुपमा मात्रै नभई सामाजिक सेवा र व्यापार व्यवसायमा समेत टेवा पुग्ने उद्देश्य छ । कुमारी बैंक अहिले कर्णाली क्षेत्रकै वैक हो ।
असोज महिना सम्म कुमारी बैंकको डिपोजिट तीन सय ३९ अर्व रहेको छ, भने लोन दुई सय ९५ अर्व रहेको छ । जुम्ला शाखा उद्घाटनमा संविधानसभा सदस्य तथा बैंकका पूर्वसञ्चालक सदस्य ललितजंग शाहीले कुमारी बैंकले नागरिकलाई दिने सेवालाई फरक तरिकाको हुनुपर्ने बताए । नागरिकमुखी सेवा दिन आवश्यक छ ।
उनले भने, ‘सबैभन्दा पुरानो कुमारी बैंकले नागरिकको आर्यआर्जन बढाउने खालका सेवा दिन आग्रह गरे।चन्दननाथ नागरपालिकाका नगरप्रमुख राजुसिहं कठायत जुम्लामा पछ्रिल्लो समयमा निजी बैंकहरुको संख्या बढेको बताउँछन् ।’ बैंकका कर्मचारीले गर्ने नागरिकलाई सेवा दिदा गर्ने ब्यवहार सुर्धानु पर्ने आबश्यक छ ।
नगरपालिकाको तर्फबाट गर्ने समन्वय सहकार्यको लागी सधै भरी तयार छ।जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बैंकले नागरिकले गरेको लगानीको सुरक्षा गर्नु पर्ने बताउदै बैंकहरु कमाउ मुखी नभई सेवा मुखीको भाव राख्नु पर्ने बताए ।






