केसि सहितको टिम भूकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणमा जुट्यो


सुर्खेत सिम्ता गाउँपालिकाका पुर्वअध्यक्ष कविन्द्र कुमार केसि सहितको १५ जनाको टिम जाजरकोटमा पुनर्निर्माण खटेको छ ।

भूकम्पबाट छेदविच्दे रहेका घरहरुको सर सामान हटाउने र उत्खनन गर्ने काम लागेको टोलिका अगुवा केसीको भनाइ रहेको छ । त्यसै गरि पुर्व उपाध्यक्ष चन्द्रकला शाही, पुर्व ६ नं वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी, एमाले जिल्ला कमिटी सदस्य दीर्घ मल्ल सहितको टिम जाजरकोटको नलगाड नगरपालिका वडा नं १ चिउरीमा काममा जुटेको छ ।

अति भूकम्प प्रभावित क्षेत्रमा अस्थाई घर टहरा वनाउने देखि भूकम्पबाट भत्तकेका घरहरुको सामाग्री निकाल्ने कामका जुटेको अर्को चन्द्र शाहीले वताए ।

नेकपा एमाले केन्द्रीय कमिटीको एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रका लागि अस्थायी टहरा निर्माण गर्न नेकपा (एमाले)सिम्ता सुर्खेतको स्वयंसेवक टोली जाजरकोटको नलगाड पुगेको छ ।
नगरपालिका वडा नम्बर १ चिउरी गाउँमा १३ जनाले ज्यान गुमाएका थिए ।

सोहि गाउँमा पुन–निर्माणमा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटी सचिव समेत रहेका केसि सहितको टिम निरन्तर काममा जुटेका छन् ।

करिव दर्जनभन्दा वढि अस्थायी घर वनाउने र त्यसै गरि भत्किएका घरको सरसफाइ तथा सामग्री हटाउने निकाल्ने काममा खटिने उनिहरुको भनाइ छ ।

केसि सहितको टिम भूकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणमा जुट्यो

YUGAAWHAN NATIONAL DAILY (2080-08-05)

केसि सहितको टिम भूकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणमा जुट्यो

निमोनियाबाट एक महिने शिशुको निधन