सुर्खेत कारागारबाट २१ कैदीबन्दी रिहा

सुर्खेत ।
संविधान दिवसको अवसरमा जिल्ला कारागार सुर्खेतबाट २१ कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका २१ जना कैदीलाई बुधवार रिहा गरिएको हो ।

असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका २१ कैदीबन्दीलाई रिहा गरिएको जिल्ला कारागार सुर्खेतका सुचना अधिकारी भुवन गौतमले  जानकारी दिए ।

मुलुकी अपराध संहिता कार्यान्वयन हुनु अगाडिका मुद्दामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ । सोहीअनुसार ४० प्रतिशत र ५० प्रतिशत कैद भुक्तान गरेकालाई रिहा गरिएको उनले बताए ।

नकवजनी चोरी मुद्दाका तीन, बहुविवाहका आठ, कर्तव्य ज्यान मुद्दाका एक, डाँका चोरी मुद्दाका दुई, कुटपिट मुद्दाका तीन, चोरी मुद्दाका एक, सवारी ज्यान उद्योगका एक र वन्यजन्तु मुद्दाका दुई गरी कुल २१ कैदीबन्दीलाई रिहा गरिएको गौतमले ओझाले जानकारी दिए ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली, २०७६ अनुसार उनीहरूको कैद कट्टा गरेका हुन् । संविधानको धारा दुई सय ७६ मा को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

सुर्खेत कारागारबाट २१ कैदीबन्दी रिहा

सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि,

सुर्खेत कारागारबाट २१ कैदीबन्दी रिहा

दिप प्रज्वलन गरि बडाखोलीमा पनि मनाइयो संविधान

This will close in 0 seconds