नेपाल बारको असोज १२ गते वीरेन्द्रनगरमा साधारण सभा हुने

सुर्खेत ।

नेपाल पत्रकार महासंघको साधारण सभा भव्यताका साथ सम्पन्न भएपछि कर्णाली प्रदेशको राजधानीमा विभिन्न केन्द्रीय संघसंस्थाका साधारण सभाहरु सुर्खेतमा हुने क्रममा तीव्रता आउन थालेको छ ।

नेपाल बार एशोसिएसनको केन्द्रीय बार्षिक साधारणसभा पनि असोज १२ गते वीरेन्द्रनगरमा आयोजना गरिएको छ । नेपाल बारले आर्थिक वर्ष २०७८-७९ र २०८९-०८० को साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्न लागेको हो ।
कर्णालीका पर्यटकीयस्थलको परिचान गर्न र यहाँको रितीरिवाजलाई नेपालभर चिनाउनका लागि बार्षिक साधारणसभा कर्णालीमा गर्न लागिएको छ ।

कर्णालीमा हुने साधारसभामा देशभरका जिल्लाबाट करिब ११ सय प्रतिनीधिहरु कर्णालीमा आउने नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले बताए । ‘बिषेश गरेर कर्णालीको पर्यटन क्षेत्रको विकास र कर्णालीको रितीरिवाजलाई देशभर चिनाउनका लागि कर्णालीमा साधारसभा हुन लागेको हो ।’ उनले भने,‘साधारणसभा असोज १२ र १३ गते हुनेछ ।’

कर्णालीमा हुने साधारणसभाले बिधान संसोधन लगाएतका काम गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिए । ‘दुई वर्षमा हुन नसकेको साधारणसभा अहिले हुन लागेको छ ।’ उनले भने,‘त्यो पनि कर्णालीमा हुन लागेकाले यो गौरवको विषय हो ।’

कर्णालीमा हुने साधारसभामा पर्यटनको क्षेत्रमा टेवा पुग्ने र रारा लगाएतका कर्णालीका पर्यटकीय क्षेत्रको भ्रमणका लागि यातायात व्यवसायीहरुसँग टुर प्याकेजको व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता ध्रुबकुमार प्रधानले जानकारी दिए ।

‘कर्णालीका पर्यटकीय क्षेत्र भ्रमण गर्न चाहनेका लागि हामीले यातायात व्यवसायीसँगको सहकार्यमा टुर प्याँकेजको व्यवस्था गरेका छौं ।’ उनले भने,‘कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि यसले टेवा पुग्नेछ ।’

नेपाल बारको असोज १२ गते वीरेन्द्रनगरमा साधारण सभा हुने

नेपाली समाजको विविधतामा एकता अपरिहार्य छः तिलक

This will close in 0 seconds