आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

२०७२ असोज ३ गते संविधानसभाले तयार पारेको संविधान जारी गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादव । (फाइल तस्विर)

सुर्खेत ।

संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज (३ असोज) वीरेन्द्रनगरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा कर्णाली प्रदेश सरकारद्वारा कर्णालीवासी नागरिकहरुलाई बुधवार साँझ दीप प्रज्जवलन गर्न समेत अनुरोध गरिएको छ ।

विधान दिवस मनाउने सम्वन्धमा सोमवार एक सूचना जारी गर्दै कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशवासी आम नागरिकहरुलाई आआफ्ना घरटोल एवम् महत्वपूर्ण सार्वजनिक स्थलहरुको सरसफाई तथा दीप प्रज्जवलन गर्न अनुरोध गरेको हो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा रहेको प्रदेश स्तरीय संविधान दिवस, २०८० मुल समारोह समितिले असोज ३ गते मंगलवारका दिन वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरेको छ । त्यसैगरी प्रभातफेरी कार्यक्रम पश्चात जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा संविधान दिवसका अवसरमा मूल कार्यक्रमको आयोजना गरिएको कानून मन्त्रालयले जनाएको छ ।

आठ वर्षअघि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

शिक्षा दिवशको अवसरमा २ जना बिद्यार्थी सम्मानित

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

YUGAAWHAN NATIONAL DAILY (2080-06-02)

This will close in 0 seconds