आँखा उपचार केन्द्र सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको साझेदारी,आँखा अस्पताल सुर्खेत प्राविधिक सहयोग र रेडक्रस उप शाखा देवस्थलको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनका लागि मंगलवार त्रिपक्षीय सम्झौता भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका,सुर्खेत आँखा अस्पताल र रेडक्रस उप शाखा विच आज त्रिपक्षीय सम्झौता भएको छ ।
सामान्य उपचारका लागि यस नगरमा आँखा उपचार केन्द्र नभएकोले यहाँका नागरिक उपचारका लागि विरेन्द्रनगर सुर्खेत, मेहलकुना र नेपालगञ्ज धाउनुपर्ने अवस्था थियोे ।
त्रिपक्षीय सम्झौता अनुसार अब केही समयमै नगरमा आँखा उपचार केन्द्र सञ्चालन हुने रेडक्रस सभापति पुष्कर विसिको भनाइ रहेको छ ।






