पेट्रोल चोरी गर्न खोज्दा मोटरसाइकलमा आगलागी

सुर्खेतमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका–४ हर्य बस्ने २८ वर्षिय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलवार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको हो ।
आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षिय कमल शाही र २४ वर्षिय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको बताइएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।






