वडा अध्यक्षले भदौमा लोकसेवाको परीक्षा दिएका थिए …

लोकसेवा आयोगमा अमिन पदतर्फ नाम निकालेका भनिएका वीरेन्द्रनगर–१४ का वडा अध्यक्ष देवबहादुर रोकायले आफ्नो नाम ननिस्किएको बताएका छन् ।
सुदुरपश्चिम प्रदेशको लोक सेवा आयोगमा गत भदौमा परीक्षा दिएको तर हालसम्म पनि त्यसको नतिजा नआएको प्रष्ट पारेका छन् ।
युगन्यूज डट कमसँग टेलिफोनमा कुरा गर्दै अध्यक्ष रोकायले भदौ महिनामा अमिन पदका लागि परीक्षा दिएको जानकारी गराए ।
यसअघि यस युगन्युज डट कममा प्रकाशित समाचारमा ‘वडा अध्यक्ष लोकसेवा परीक्षामा पास भएपछि ..’ शिर्षकमा प्रकाशित समाचारले अन्यर्थ अर्थ लागेपछि उक्त समाचार सच्चाइएको छ : सम्पादक





