शिक्षा दिवशको अवसरमा २ जना बिद्यार्थी सम्मानित

दिलिप ढकाल
सुर्खेत ।

शिक्षा दिवशको अवसरमा गुर्भाकोट नगरपालिका भित्रका दुई जना बिद्यार्थी लाई सम्मान गरिएको छ।
शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गुर्भकोट नगरपालिका वडा नम्बर ९ बोटेचौरमा संचालित साहारा ईङलिस मिडियम स्कुलले गुर्भाकोट नगरपालिकाका दुई जना उत्कृष्ट विद्यार्थी हरुलाई सम्मान गरेको साहारा ईङलिस मिडियम स्कुल बोटेचौटर का संचालक हरि खड्काले जानकारी दिए । सम्मानित हुनेहरुमा राष्ट्रिय परीक्षा वोर्ड २०७९ को एस.ई.ई परिक्षामा गुर्भाकोट नगरपालिका प्रथम हुन् सफल बालदिप युनाईटेड पब्लिक स्कुल गुर्भाकोट नगरपालिका ७ का प्रभाकर पुन मगर र कक्षा १२ को परिक्षामा नगरपालिका प्रथम हुन सफल सुर्यज्योति मावि मेहलकुनाका योगेश खत्री रहेका छन ।

गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुन , गुरभाकोट नगरपालिका नगर शिक्षा शाखा प्रमुख पदम बहादुर विक, प्याब्सन लेखबेशिका अध्यक्ष बलबहादुर खत्री, साहारा ईङलिस मिडियम स्कुल गुर्भाकोट ९ै का सञ्चालक हरिलाल खड्का लगायत गुर्भाकोट नगरपालिकाका संस्थागत विद्यालयका शिक्षक विद्यार्थी तथा सामुदायिक विद्यालयका विद्यार्थी हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

साथै मंगलवारनै गुर्भाकोट नगरशिक्षा युवातथा खेलकुद शाखाको आयोजनामा गुर्भाकोट नगरपालिकामा बक्तृत्व्कला र डोरितान प्रतियोगिता सम्पन्न भएको छ।
डोरितानमा प्रतियोगितामा प्रहरिचौकी मेहलकुना प्रथम र संस्थागत विद्यालय शिक्षक समुह दृतिय भएका छन् भने बक्तृत्व्कला प्रतियोगितामा माबि ज्यामिरे प्रथम ,देउति ईङलिस मिडियम स्कुल द्वितीय र साहारा ईङलिस मिडियम स्कुल तृतीय भएका छन्

बक्तृत्व्कला र डोरितान प्रतियोगिता मेला लाग्ने चौर खैरेनीमा सम्पन्न भएको थियो भने दुवै कार्यक्रमको पुरस्कार एवं सम्मान गुर्भाकोट नगरपालिकाको सिटि हलमा गरिएको थियो ।

शिक्षा दिवशको अवसरमा २ जना बिद्यार्थी सम्मानित

चार वर्षपछि सार्वजनिक भईन् तिलागुफाकी तत्कालीन उप–प्रमुख

शिक्षा दिवशको अवसरमा २ जना बिद्यार्थी सम्मानित

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

This will close in 0 seconds