विज्ञान प्रर्दशनी प्रतियोगितामा इगरब्रिज प्रथम


सुर्खेत । वीरेन्द्रनगरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रर्दशनी प्रतियोगितामा इगरब्रिज माध्यमिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयको ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीद्धारा ११ औं राष्ट्रिय विज्ञान दिवस, २०८० का अवसरमा वीरेन्द्रनगरमा आयोजित विज्ञान प्रर्दशनी प्रतियोगितामा इगरब्रिज विद्यालय प्रथम भएको हो । विज्ञान प्रर्दशनी तर्फ सैनिक आवासीय माध्यमिक विद्यालय र श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयले क्रमशः द्वितिय र तृतिय स्थान हाँसिल गरेका थिए ।
त्यसैगरी राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा समेत इगरब्रिज विद्यालय प्रथम भएको छ ।
वीरेन्द्रनगर स्थित नौं वटा विद्यालयहरु सहभागी उक्त प्रतियोगितामा द्धितिय र तृतिय तर्फ सेन्ट मेरिज तथा चिल्डे«न प्याराडाइज स्कुल रहेका छन् ।
सोमवार ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीले विज्ञान ¥याली कार्यक्रमको समेत आयोजना गरेको थियो । ¥यालीमा विज्ञान र प्रविधि सम्वन्धी विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि शिक्षण सेवामा विगत ३९ वर्षदेखि योगदान गर्दै आएका प्रा.डा. केशरसिंह राना, उप–प्राध्यापकद्धय तारणीप्रसाद यादव र पदमराज जोशीलाई अनवरत सेवा गरि कर्णाली प्रदेशको विज्ञान र प्रविधि क्षेत्रमा योगदान पु¥याएकोमा अभिनन्दन तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
ग्य्राजुएट स्कुलका डीन सह प्रा. डा. सुदीप ठकुरीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्यापनलाई प्राथमिकतामा राख्दै यसैवर्ष देखि विरेन्द्रनगरमा विएस्सीमा आधारभुत विज्ञानका भौतिकशास्त्र, गणित, जीवशास्त्र तथा रसायन शास्त्र तथा वातावारण विज्ञानका कार्यक्रमहरु संचालन गरेको जानकारी दिए ।





