सुर्खेत विमानस्थल विस्तारमा सांसद थानीको पहल

सुर्खेत, १ असोज ।
सुर्खेत विमानस्थलको धावनमार्ग बिस्तार गर्ने बारेमा पहल सुरु भएको छ । सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानीले सम्बन्धित निकायहरुमा पहल थालेका हुन ।

सांसद थानीले नागरिक उड्डयायन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसंग आइतबार कार्यालयमा पुगि छलफल गरेका छन् । प्राधिकरणको सचिवालय सिनामंगलमा दर्ता नंं. ११८ सहित २०८०/५/३१ मा निवेदन दर्ता गरिएको छ ।

हाल १२५५ मिटर मात्र रहेको सुर्खेत बिमानस्थल बिस्तार गर्न जनतालाई उचित मु–आब्जाको ब्यबस्था गरी उत्तरतर्फ ३०० मिटर थप गर्ने कुरामा सबैको साझा धारणा बनाउन आवश्यक रहेको सांसद थानीले सामाजिक सञ्जालमार्फत सबैमा आव्हान गरेका छन् । सुर्खेत बिमानस्थलको धावनमार्ग बिस्तार गर्ने कुरामा सबै तह, तप्का र निकायबाट सल्लाह, सहयोग र रचनात्मक सुझाव माग गरिएको छ ।

सुर्खेत विमानस्थल विस्तारमा सांसद थानीको पहल

कर्णाली प्रदेश अस्पतालमा, त्यो ७ दिनकाे भोगाई…

सुर्खेत विमानस्थल विस्तारमा सांसद थानीको पहल

YUGAAWHAN NATIONAL DAILY (2080-06-01)

This will close in 0 seconds