जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सर्केगार्ड विजेता

१२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सर्केगार्ड गाउँपालिकाले हात पारेको छ । ६ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी स्वर्णपदक हात पारेर सर्केगार्ड पहिलो भएको हो ।

सर्केगार्ड गाउँपालिका शिक्षा शाखाका प्रमुख वीरजंग शाहीका अनुसार नौ वटा स्वर्णपदक जितेर पहिलो स्थान हुन सफल भएको छ ।

गत वर्ष पनि सर्केगार्ड गाउँपालिका सो प्रतियोगितामा पहिलो भएको थियो । त्यसैगरी सिमकोट गाउँपालिकाले सात स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ भने ताँजाकोट गाउँपालिकाले ६ स्वर्णसहित तृतीय भएको छ । चार स्वर्णसहित खार्पुनाथ गाउँपालिका चौथो स्थान भएको छ । प्रतियोगितामा सहभागी चंखेली र अदानचुलीले भने कुनै पदक हात पारेनन् ।

भलिबलतर्फ छात्र छात्रामा पनि सर्केगार्ड गाउँपालिका नै पहिलो भएको छ । विजेता गाउँपालिकालाई रनिङ शिल्ड र खेलाडीलाई पदक, प्रमाणपत्र र पुरस्कार चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले प्रदान गरेकी थिइन् । छात्राछात्र गरी २६ वटा स्वर्णपदका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा साढे दुई सय खेलाडीहरुलेको सहभागिता जनाएका थिए । जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष फरक फरक गाउँपालिकामा यो प्रतियोगिता सञ्चालन गर्ने निर्णयअनुसार यस वर्ष चंखेली गाउँपालिकामा भएको हो । आयोजना जिल्ला खेलकुद विकास समितिले गरेको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सर्केगार्ड विजेता

सडक निर्माण भए पनि अस्पतालसम्म बिरामी बोक्नुपर्ने

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सर्केगार्ड विजेता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई : कृषि विकास