जुम्लामा ६८ औं प्रहरी दिवस मनाइयो

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले आधुनिक प्रविधिको विकास सँगै पछिल्लो समय समाजमा अपराधि क्रियाकलापका घटना बढ्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले ६८ औं प्रहरी दिवसको अवसरमा उहाँले यस्तो बताए । उनका अनुसार, जुम्लामा भवन र जनशक्ति अभावका बिच प्रहरीले नागरिकको सुरक्षा गर्नु पर्ने बाध्यता रहेको बताए । आचार्यले भने, एकातिर जनशक्तिको अभाव र अर्को तिर भवन नहुँदा निकै समस्या झेल्नु परेको छ।नागरिकहरु आफै गल्ति गर्ने र प्रहरीले शान्ति सुरक्षा कठिनाइ नभएको भन्दै आरोप लगाउने प्रवृत्ति बढेको उनको भनाइ छ ।
प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि र प्रहरीका आन्तरिक समस्या समाधानका लागि सबैको साथ र सहयोगको आवश्यकता छ।यस्तै उक्त कार्यक्रमका बोल्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जनशक्ति अभाव लगायतका विभिन्न समस्याका कारण पनि नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने कार्यलाई सबैले कदर गर्नु पर्ने बताए ।

आधुनिक प्रविधिको विकाससँगै प्रविधिको प्रयोग गरेको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनु सकिने बताए।प्रविधिको प्रयोगसँगै कम जनशक्तिका बाबजुत समाजमा शान्ति सुरक्षालाई गुणस्तरीय बनाउन थप सहयोग पुग्ने उनको भनाइ छ ।
२०१२ सालमा जारी भएको प्रहरी ऐनको अवसरमा पारेर प्रहरी दिवस मनाउन सुरुवात गरिएको घिमिरेको भनाइ छ । समाजमा शान्ति स्थापना गर्न पहिले आफु भित्र शान्ति हुन आवश्यक पर्ने उनको भनाइ छ। सबै नागरिक विना बर्दिका प्रहरी भएकाले समाजमा शान्ति स्थापनाका लागि सबैको साझा जिम्मेवारी छ ।

देशमा शान्ति, सुरक्षाका र अमनचयन स्थापनाका लागि सहिद प्रहरीहरुले गरेको बलिदानि अविस्मरणीय रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रल्हाद कार्कीले बताए । नागरिकको स्वतन्त्रता र मानव अधिकार सुनिश्चितताका लागि प्रहरी कर्तव्य परायन रहेको उनको भनाइ रहेको छ ।
६८ औं प्रहरी दिवसको अवसरमा शहिद प्रहरीका परिवार, भुतपूर्व प्रहरी र बर्षमा उत्कृट कार्य गर्ने प्रहरी जवानलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।







