मजदुरिका लागि भारत हिडेका वृद्धको नेपालगञ्जमा मृत्यु

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ निवासी तेजबहादुर कामी नेपालगञ्जमा मृत अवस्थामा फेला परेका छन् ।

बिहिवार नेपालगन्ज पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबेर मृत्यु भएको व्यक्तिको प्रहरीको सनाखतमा उल्लेख छ ।

मृतक सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा पुगी मंसिर २४ गतेदेखि सम्पर्कविहिन भएका ६२ वर्षिय तेजबहादुर कामी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

उनी हराएपछि परिवारका सदस्य र प्रहरीले खोजतलास गरिरहेको थियोे । हराएको सूचना सामाजिक सञ्जालमा पनि राखिएता पनि कतैबाट कामीको बारेमा सूचना आइपुगेको थिएन । शुक्रवार अचानक तलाउमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएको हो वा अन्य के कारणले गर्दा उनको मृत्यु भएको कुरा खुल्न सकेको छैन । घटनाबारे परिवारलाई खबर गरिसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मजदुरिका लागि भारत हिडेका वृद्धको नेपालगञ्जमा मृत्यु

जाडोले मुगुका एक सय बढी परिवारले गाउँ

This will close in 0 seconds