लगानी जुटाएर भए पनि शिक्षण अस्पताल निर्माणको काम थालनि गर्ने

शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।

चार वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भए पनि अस्पताल निर्माणको काम थालनि गर्ने जनाएको छ ।

लगानी सुनिश्चितता नहुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन । बाह्य लगानी भित्र्याउन चीन र भारत सरकारसँग पहल थालिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना कार्यान्वयनका लागि लगानीको खोजीका लागि पहल थालिएको हो । विभिन्न चरणमा चीन र भारत सरकारसँग आवश्यक छलफल भइरहेको रावलले बताए । सङ्घीय सरकारले प्राथमिकता नदिँदा अस्पताल निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ । अस्पताल निर्माणका लागि चीन सरकार सकारात्मक देखिएको डा. रावलले जानकारी दिए । ‘‘राकम कर्णालीमा अस्पताल निर्माण गर्न चीन सरकारले चासो देखाएको छ । सोही अनुसार कागजी प्रमाण जुटाउन हामी लागि परेका छौँ,’’ उपकुलपति रावलले भने ।

डिपीआर संशोधन गरिने

एक सय शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिने भएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउनुपर्ने भएकाले डिपीआर संशोधन गर्न लागिएको हो । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिने डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान हुने जनाइएको छ ।

उपकुलपति डा. रावलका अनुसार अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन पहल थालिएकाले पनि डिपीआर संशोधन गर्न लागिएको हो । नयाँ डिपीआर अनुसार नयाँ लागत, थप संरचनाको समेत टुङ्गो लाग्नेछ ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा अस्पताल निर्माणको योजना समेटिएको भए पनि बजेट विनियोजन भएन । चालु आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा शिक्षण अस्पताल निर्माणको योजना समेटेको सङ्घीय सरकारले बजेट भने विनियोजन गरेको छैन । सङ्घीय सरकारले स्पष्ट बजेट नतोकीदिँदा अस्पताल निर्माणको काम अघि नबढेको हो ।

चार वर्षअघि आठविस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो ।

सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भए पनि अस्पताल निर्माणको काम थालनी गर्ने जनाएको छ । पटक–पटक संघ र प्रदेश सरकारसँग यस अस्पताल निर्माणका विषयमा छलफल गरेपनि सरकारले सुनुवाई नगरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति रावल अस्पताल निर्माणका लागि विभिन्न क्षेत्रसँग आवश्यक छलफल र पहलमा जुटिरहेको बताउनुहुन्छ । अस्पताल निर्माणका लागि आठविस नगरपालिका– ३ जाक्सीमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ ।(गोरखापत्र)

लगानी जुटाएर भए पनि शिक्षण अस्पताल निर्माणको काम थालनि गर्ने

वडाध्यक्षका छोरा झुण्डिएको अवस्थामा शव फेला

लगानी जुटाएर भए पनि शिक्षण अस्पताल निर्माणको काम थालनि गर्ने

डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गर्छन् :