वडाध्यक्षका छोरा झुण्डिएको अवस्थामा शव फेला

जाजरकोटमा एक जना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनी शिवालय गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर बुढाका छोरा हुन् ।

मृत विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि गर्दै जाँदा जंगलमा मृत फेला परेको अस्थायी प्रहरी पोष्ट थालाका प्रहरी सहायक निरीक्षक बमबहादुर कठायतले जानकारी दिए ।
उनकाअनुसार हाल मृत बिसीको शव घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






