लागुपदार्थ नियन्त्रणमा सामाजिक सहकार्यको आवश्यकता !

मानिसले प्रयोग गर्ने कुनैपनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवतएन ल्याउछ भने त्यसलाई लागु पदार्थ भनिन्छ । लागु पदार्थका रुपमा औषधीहरुलाई गलत प्रयोग तथा यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याने वस्तु नै लागुपदार्थ हो । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागुपदार्थ भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ । लागु पदार्थ नियन्त्रण ऐन, २०३३ का अनुसार लागु पदार्थ भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागु पदार्थ तथा मनोद्दिपक पदार्थ सम्झनु पर्दछ । नेपालको कानुन अनुसार लागु पदार्थको अवैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको छ । विशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका विद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरका छन् । भविस्यका कर्णधार यूवा यूवतिहरु लागु पदार्थ जुठाउनको लागी चोरी, डकैति, लुटपाट, हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका छन् । अर्कोतर्फ लागु पदार्थ प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट व्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठुलो क्षति हुन पुग्छ । अर्कातिर लागु पदार्थका कारोबारी पिचासहरुले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन् ।
यी सवै कारणहरुले लागु पदार्थ दुरुपयोगलाई नियन्त्रण गर्नु अनिवार्य भएको छ । लागु पदार्थ दुरुपयोग तथा अवैध ओसार–पसारलाई अन्तर्राष्ट्रिय रुपमै अपराधको रुपमा हेरिन्छ । लागु पदार्थ दुरुपयोग कुनै एक देशको सीमाभित्र मात्र सिमित रहदैन, यस्को उत्पादन, ओसार–पसार, विक्री वितरण र प्रयोग बिभिन्न मुलुकका बिभिन्न स्थानमा हुने भएकोले यसलाई नियन्त्रण गर्नुमा विश्वकै चासो रहने गर्दछ । कसै–कसैले त यसलाई लाखौंको संख्यामा अनुमान गर्ने गरका पनि छन्। वि .सं. २०६३ सालमा नेपाल सरकारले लागुपदार्थ नियन्त्रण राष्ट्रिय नीति जारी गर्दा समेत दस वर्षअगाडि नै यो संख्या पचास हजार नाघिसकेको प्रक्षेपण गरेको थियो । त्यो अनुसार र प्रतिवर्ष दस प्रतिशतका दरले यो संख्या बढिरहेको मान्ने हो भने पनि यो संख्या हाल करिब दुई लाखको हाराहारीमा पुग्न सक्छ । तर खुसीको कुरा २०६३ सालमानै सार्वजनिक भएको आधिकारिक सरकारी तथ्याङ्क (केन्द्रिय तथ्याङ्क विभागले गरेको सर्वेक्षण)ले भने त्यति ठूलो संख्या नभएर व्यवस्थापन गर्न सकिने साइजमा कूल ४६ हजार तीन सय १० नै यस्ता प्रयोगकर्ताहरू भएको देखाएको छ ।
लागुपदार्थ सेवनले सेवनकर्ताको एकाग्रता घटी सोच्ने, बुझ्ने र सम्झने शक्तिमा ह्रास आउने मात्र होइन, उसलाई भ्रमित तुल्याई गलत निर्णय गर्नमा प्रेरित गर्दछ । यसले सेवनकर्ता, उसको परिवार र समाज मात्र होइन राष्ट्रलाई नै ठूलो क्षति पु¥याउँछ । सेवनकर्ताको अकाल र असामयिक मृत्यु र समाज विकासको गतिरोध नै लागुपदार्थको परिणाम हो । त्यसैले, हामी सबै मिलेर यसको प्रभावलाई अन्त्य गर्न जरुरी छ । यसका साथै हाल कर्णाली प्रदेश प्रहरीको ‘लालटिन अभियान’मा समेत टोल स्तरदेखि देखि स्थानीय तह र प्रदेश सरकार सबैको हातेमालो आवश्यक छ ।






