किसानको मर्का कसले बुझ्ने ?

२०७८ सालमा वीरेन्द्रनगरको तल्लो क्षेत्रमा वर्षातले धान बालीलाई नष्ट ग¥र्यो । कार्तिक महिनाको समयमा भएको अविरल वर्षातले किसानल खेतमा सुकाएका भान बाली पुरै नष्ट नै भए । सो समयमा करिव २० हजार पाँच सय टन भन्दा बढी धान नष्ट भएको सरकारी तथ्यांक छ । अहिले २०८० मा पनि जुम्लाका किसानले मार्सी धान उत्पादनमा क्षति व्यहोरेका छन् । नेक ब्लास्ट (घाँटी मरुवा) रोगले जुम्लामा ८० हेक्टर जमिनमा खेती गरिएको धानबाली पूर्ण रूपमा सखाप नै भयो । जुम्लाको तातोपानीका वडा नम्बर ४, ५ र ६ र चन्दननाथको ९ नम्बर वडामा करिव ८० हेक्टर क्षेत्रफलमा गरिएको मार्सी खेती नेक ब्लास्ट रोगका कारण क्षति पुगेको हो । अहिले तिहारलाई लक्षित गर्दै कर्णालीका किसानले शुरु गरेको फूलमा समेत किसानहरुले क्षति व्यहोरेका छन् । अघिल्लो वर्ष २०७९ मा दशैंको समयमा परेको पानीका कारण फूलहरु समयमा नै फुलेनन् । त्यस कारण सो समयमा फूलले बजार पनि पायो । तर हालको वर्षमा भने फूललाई सुहाउँदो मौसम नै भयो । धेरै किसानहरुले धेरै परिमाणमा फूल उत्पादन गरे । तर अन्तिममा बजार नै पाएनन् । कर्णालीबाट वाहिर फूल निर्यात गर्ने वातावरणको समेत सिर्जना भएन ।

उत्पादन र कृषि उपजबाट नै आत्मनिर्भरताको सपना बोकिरहेको कर्णालीमा यि खाले गतिविधिले कृषि उत्पादन बढाउने लक्ष्य पुरा गर्दैनन् । २०७८ सालमा नष्ट भएको धान बालीको राहत रकम अहिलेसम्म पनि किसानले पाउन सकेका छैनन् । जुम्लामा रोगले नष्ट भएको मार्सी धान वापतको क्षतिपूर्ति पाउने त कुरै भएन । त्यसैगरी उत्पादन क्षेत्रमा हौसिदै फूल खेति गरेका किसानहरुले बजार नपाउँदै गर्दा आत्मनिर्भर कर्णालीको सपना कसरी पुरा हुने ? प्रदेश तहमा रहेका मन्त्री तथा प्रदेश सभा सदस्यहरु भने स्थानीय स्तरमा पुगेर उत्पादन बढाउन किसानहरु सामु भाषण दिईरहेका छन् । कर्णालीमा आयात हुने कृषि उपज मात्र रोक्न सकिए, आत्मनिर्भरताको पहिलो खुड्किलो पार गर्ने उनीहरुको भनाई छ । स्थानीय तहमा समेत अवस्था उस्तै नै छ । परापूर्वकाल देखि किसानहरुले के खेती गरिरहेका थिए, त्यो वाहेक स्थानीय तहसँग नयाँ कार्याक्रमहरु नै छैनन् । प्लाष्टिकका टनेल, मलको व्यवस्थापन गर्न मिल्ने बाख्राका खोर, म्याट ओछ्याएर भैसीपालन, प्राङगारिक मलको विकल्पमा कर्णाली सुहाउँदो गड्यौले मलहरु नै सरकारी तहका लागि कृषि कार्यक्रमहरु नै हुन् ।

किसानलाई कृषि उत्पादन तर्फ सर्वप्रथम पहिले सुरक्षाको आवश्यकता पर्छ । कृषि बाली सुरक्षा नै उनीहरुका लागि उत्तम विकल्प हो । खेती तथा पशुपंक्षी पालनका विषयमा उनीहरु केहि हदसम्म भएपनि तालिम तथा अनुभव प्राप्त नै छन् । त्यसपछि मात्र बजार र सुरक्षित भण्डारणको आवश्यकता पर्छ । कृषि तथा पशुपंक्षी पालन तर्फ अहिले पनि कर्णालीमा बाली बिमा जस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा लागु नै भएका छैनन् । यदि त्यसो भएको भए, डुवानले धान बाली नष्ट भएका किसानले बीमा वापतको रकम पाईसक्थे । त्यसैगरी बजारीकरणमा समेत प्रदेश र स्थानीय तह चुकेका छन्, कुन क्षेत्रमा कुन समयमा के उत्पादन गर्नुपर्छ भन्ने सरकारी संयन्त्रसँग यथार्त योजना छैन । यि लगायतका किसानका मर्का प्रदेश र स्थानीय तहले बुझ्ने नसके, कर्णाली कृषि उपजमा आत्म निर्भर बन्दै जान्छ भन्ने देखिदैन । यस्तो अवस्थामा किसानहरु नै व्यवसायबाट पलायन हुने अवस्थाको सिर्जना हुन सक्छ ।

तपाईको प्रतिक्रिया