सिम्तामा चाडपर्व लक्षित बजार अनुगमन

सुर्खेतको सिम्तामा दशै तिहार लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाएको छ । सुर्खेतको जामुने बजार, गोजिवजार, बाँखर्क र स्थानीय वजारहरुमा अनुगमन हुने जनाएको छ । विशेष गरि चाडपर्वलाई मध्यनजर गर्दै अखाद्य वस्तु, मिति गुर्जेको गुणस्तरीयहिन चिजबिजको वढि निगरानी गरिएको जनाएको छ ।
पसल दर्ता, एउटै व्यापारीले पसल दर्ता विना इजाजत दुई वा दुई भन्दा फरक आइटम बिक्रीवितरण समेत गरेको पाएमा कडाइ गरिएको छ । सुन देखि नुन समेत अवैध रुपले बिक्रीवितरण भए गरेमा एकपटकलाई सचेत पार्ने अटेरी गरे कार्वाही समेत हुने बताएको छ ।
साथै व्यापारीलाई अनिवार्य मुल्यशुचि राख्न समेत आग्रह गरिएको छ। बिहिवार जामुने बजारमा भएको अनुगमन कै क्रममा थुप्रै म्याद गुर्जेका अखाद्य वस्तु फेला पारिएको थियोे ।

सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी, प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली, ईलाका प्रशासन कार्यालय मेहलकुनाका दुर्गा प्रसाद आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जगत सुवेदी, ईलाका प्रहरी कार्यालय वादेपिपल राकम,उद्योग वाणिज्य संघ भेरि लगाएतको टोलिले बिहिवार बजार अनुगमन गरेको जनाएको छ ।






