‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी पत्रकार शाही पुरस्कृत

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साँझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी पत्रकार दिलमाया शाही पुरस्कृत भएकी छन् । शाही सन् २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत भएकी हुन् । यसैगरी सो पुरस्कारबाछ सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’ पनि पुस्कृत भएकी छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको छ ।
दुई लाख २२ हजार दुई सय २२ रुपैया २२ पैसा राशीको उक्त पुरस्कार दिलमाया र कमलालाई एक लाख लाख ११ हजार एक सय ११ रुपैया ११ पैसाका दरले चेक हस्तानन्तरण गरिएको छ । दुई जना पत्रकारलाई नेजा ग्रामिण पत्रकारिता पुरस्कार नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदान गरेका हुन् ।
नेजा पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिदै आएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले ग्रमिण क्षेत्रमा रहेर आफ्नो पत्रकारिताबाट गम्भिर विषय उठाएर नेपाली समाजमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा थप जोश जागर सहित पत्रकारिता क्षेत्रबाट योगदान गर्न आग्रह गरेका छन् । पत्रकारले नेपालको सामाजिक रुपमान्तर सहित परिवर्तन, लोकतन्त्रमा आवश्यकता पर्दा गरेको योगदान प्रसंशा योग्य छ ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेत, पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगित खड्कासहित बरिष्ठ पत्रकारको उपस्थिति रहेको थियो ।






