७ राउण्ड गोली सहित ३ जना पक्राउ

प्रहरीको गोली लागेर काठमाडौंको बौद्धमा लुटेरा समूहका एक जना घाइते भएका छन् ।​

गोकणेश्वर नगरपालिका–३ को जगडोलमा प्रहरीले चलाएको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका हुन् । उनको घुँडामुनी र तिघ्रामा गोली लागेको छ ।

उनीहरूलाई पक्राउ गर्न जाँदा पेस्तोल निकालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले आत्मरक्षाका लागि जवाफी फायर गरेको थियो ।

३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देखेपछि उनीहरूले प्रहरीमाथि नै आक्रमण गर्ने खोजेका थिए । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार प्रहरीको जवाफी फायरमा उनी घाइते भएका हुन् ।

घाइते घलानको नेपाल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामालाई पक्राउ गरेको छ ।उनिहरुका साथबाट २ वटा मोटरसाइकल, एक थान पेस्तोल र ७ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

७ राउण्ड गोली सहित ३ जना पक्राउ

एक दिनको लागि जिसस जुम्लाको प्रमुख बनिन्

७ राउण्ड गोली सहित ३ जना पक्राउ

तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न