प्रतिष्ठानभित्र भएको विकृति सुधारको माग गर्दै

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको विकृति सुधारको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चन्दननाथ–२ पार्टी कमिटीले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई ज्ञापनपत्र बुझाएका छन् ।
(माओवादी केन्द्र) चन्दननाथ – २ पार्टी कमिटीले बिरामी उपचार सेवामा सुधार गर्नुपर्ने लगायतका ६ वटा माग गर्दै बुधबार उपकुलपति समक्ष ज्ञापन पत्र बुझाएको हो ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई ज्ञापन बु्झाउँदै नेकपा (माओवादी केन्द्र)ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र रहेको फोहोर सम्बन्धित पक्ष संग समन्वय गरी छिटो भन्दा छिटो हटाउने व्यावस्था मिलाउनु पर्ने,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, प्राध्यापक र कर्मचारीहरुको वृति विकास र व्यवहारमा कुनै राजनितिक दलको आस्थाका आधारमा नभई कार्यसम्पादनका आधारमा मूल्याङकन गरिनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका आश्यक ल्यावहरुको स्तरवृद्धिका साथै बिग्रेका मेसिनहरुको मर्मत कार्य हुनुपर्ने, संस्थालाई आवश्यक पर्ने जुन सुकै तहका कर्मचारीहरु संस्थाको मापदण्डअनुसार खुल्ला प्रतिस्पर्धा मार्फत भर्ना गरिनु पर्ने,हस्पिटल भित्रका शौचालयहरुको मर्मत तथा सरसफाईमा विषेश ध्यान दिनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने निम्न आयस्रोत भएका गरिब बिमा नगरेका बिरामीहरुलाई सम्पुर्ण सेवाहमा ३०% छुटको व्यवस्था गरिनु पर्ने र प्रतिष्ठानको वृद्धि विकासका लागि गुनासो पेटीका प्रत्येक वार्डमा राखी उक्त गुनासो पेटीका हरेक महिनाको अन्तिममा पत्रकारहरुको उपस्थितिमा खोली सुझाव अनुसार समस्याको पहिचान गरी कार्यन्वयन गरिनुपर्ने माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)चन्दननाथ –२ वडा अध्यक्ष लक्ष्मी शाही र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)चन्दननाथ –२ वडा कमिटी इन्चार्ज सुरेश भण्डारी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,प्रतिष्ठानका पदाधिकारीहरु मुख दर्शक भई आफ्नो सेवासुविधामा मात्रै केन्दीत भएर प्रतिष्ठानका कैयौ समस्याहरु समाधान नगरी केबल श्रम शोषण सहितको नियम मापदण्ड विपरित कर्मचारी भर्ना गर्ने राजनितिक दलको भर्ती केन्द्र जस्तो बनेको छ । इन्चार्ज भण्डारीले भने,झतमाम विकृतिहरु सहेर बस्न सकिदैन, समस्या र विकृतिको तत्काल सुधार नगरे दिर्गकालीन भविष्यका निम्ति जस्तो सुकै आन्दोलन गर्न तयार हुने चेतावनी दिएका थिए । आन्दोलनबाट हुने सम्पुर्ण क्षेती सम्बन्धित निकाय आफै जवाफदेही हुनुपर्ने बताए ।
रोगीको उपचार गर्ने प्रतिष्ठानका मेसिन बिग्रिएर थन्किरहने भएकोले सुधार गर्नुपर्ने बताए।शिक्षण अस्पताल जुम्लाको हाताभित्र जम्मा गरेर राखेको फोहोर करिब ९ महिनादेखि उठ्न सकेको छैन । फोहोरका कारण अस्पतालमा दुर्गन्ध फैलिने खतरा छ । अस्पतालभित्रको शव घर नजिकैको खाली जमिनमा खुला रुपमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिइरहेको छ ।
प्रयोग गरिएका सिरिन्जहरूदेखि शल्यक्रिया गर्दा प्रयोग भएका औजार उपकरणहरू जथाभावी फालिएको अवस्था छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको वाइसीएलकि केन्द्रीय सदस्य संगिता आचार्यले बताइन् ।
यता ज्ञापनपत्र बुझ्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले उपकुलपति भएपछि आफनो पहिलो कामनै प्रतिष्ठानको दिगोविकास रहेको बताए ।
उनले उठाइएका जायज मागका बारेमा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, सम्बन्धित सरोकारवाला निकाय संघ र चिकित्सक सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।






