पाँच महिनाको अवधीमा करिब ६ सय उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत, कार्यालयमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधीमा करिब ६ सय उजुरी दर्ता भएका छन् ।

कार्यालयका अनुसार चालु आर्थिक बर्षको साउनदेखि मंसिर महिनासम्म पाँच सय ९४ उजुरी दर्ता भएका हुन् ।
आयोगका अनुसार सबैभन्दा धेरै भदौ महिनामा एक सय ८२ उजुरी दर्ता भएका छन् । भने साउन महिनामा एक सय ६९ वटा उजुरी दर्ता भएका छन् ।

त्यसैगरी असोज महिनामा एक सय ३४, कात्तिक महिनामा ३६ र मंसिर महिनामा ७३ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा विभिन्न माध्यमबाट कर्णाली प्रदेशमा २० हजार नौं सय पाँच उजुरीहरू परेका थिए ।

पाँच महिनाको अवधीमा करिब ६ सय उजुरी

चार सय परिवारलाई निःशुल्क सोलार

पाँच महिनाको अवधीमा करिब ६ सय उजुरी

YUGAAWHAN NATIONAL DAILY (2080-08-24)