चार सय परिवारलाई निःशुल्क सोलार

![]()
जिल्लाको खत्याड गाउँपालिकामा आइतवार चार सय २३ परिवारलाई निःशुल्क सौर्य उर्जा (सोलार पाता) वितरण गरिएको छ ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक संस्थाले गाउँपालिकभरिका ७० जना एकल महिला र तीन सय ५३ जना दलित परिवारलाई २५ हजार मूल्य बराबरको ५० वाटको सोलार पाता वितरण गरेको हो । दियालोको भरमा रहेका दलित र एकल महिलाले निःशुल्क सोलार पाता पाउँदा हर्षित भएका छन् ।
संस्थाले हाम्रो दुःख बुझेर निःशुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका–९ का जयधर्म लावडले बताए । ‘हामी गरिबले पैसा हालेर सोलार किन्ने क्षमता थिएन, उनले भने, अब घरमा उज्यालो गर्न पाइने भयो ।’
पालिकाभरिका एकल महिला र दलितको पीडा देखेर निःशुल्क सोलार दिएको संस्थाका कार्यक्रम प्रवर्धक नवराज रावतले जानकारी दिए । सोलारबाट पाँच वटा बत्ती बल्ने मोबाइल चार्ज गर्न सकिने उनले बताए ।






