इजरायलमा मृत्यु भएका कर्णालीका परिवारलाई ३ लाख राहत दिइने

कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवालाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बुधवार बसेको कर्णालीको मन्त्रिपरिषद्को बैठकले निर्णयले प्यालेष्टाइनको हमास समूहको आक्रमणमा परि मृत्यु भएका कणालीका नगरिकका परिवारलाई राहत रकम दिने निर्णय गरेको हो ।

‘असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरीकका परिवारलाई तीन लाख प्रदान गर्ने’, बैठकले निर्णय गरेको छ, ‘मृतक सबै प्रति हार्दिक श्रद्धाञ्जली एवं घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित छिटोभन्दा छिटो उद्धारको लागि नेपाल सरकारलाई आग्रह गर्ने ।’

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाल बार एशोसियनको नियमित बार्षिक साधारण सभाको लागि १५ लाख रुपैयाँ सहयोग दिने समेत निर्णय गरेको छ ।

त्यसैगरी भदौ र असोज महिनामा प्राकृतिक प्रकोपवाट कर्णालीमा बालीनाली तथा पशुपन्छीमा भएको क्षतिमा कृषकहरुलाई राहात प्रदान गर्न ६ करोड रुपैयाँ स्विकृत गर्ने निर्णय गरिएको मन्त्री जिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया