‘परदेशी २’ मा मौलिक नेपाली कथा छ : प्रकाश सपुत

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘परदेशी २’ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट भने पूर्वी नेपाल पुगेको छ । फिल्मको प्रचारका लागि भन्दै पूर्वी नेपाल पुगेको निर्माण टिमले मंगलबार इटहरीमा पत्रकार भेटघाट गर्दै फिल्मको बिभिन्न पक्षबारे जानकारी दिएको छ ।

फिल्मका अभिनेता प्रकाश सपूत, अभिनेत्री व

र्षा शिवाकोटी र निर्माता राजेश वंशललगायतको उपस्थिति रहेको कार्यक्रममा अभिनेत्री वर्षाले ‘परदेशी २’ मौलिक नेपाली कथामा निर्माण भएको बताइन् । उनले फिल्मले सबै बर्गका दर्शकलाई मनोरञ्जन दिने दाबी गरिन् ।

भिनेता प्रकाश सपुतले पनि आफ्नो संगीत करिय

रसँगै छायांकन सुरु भएको फिल्म भएपनी कहिले नमर्ने कथा ‘परदेशी २’ भएको बताए । उनले पहिलो फिल्मबाटै आफु अभिनयमा स्थापित हुने सुनाए ।

निर्माता बंशलले ‘परदेशी २’ निर्माणका लागि आफुले कुन कसुर बाँकी नराखेको बताइन् । अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।

प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको फिल्म नरायण रायमाझीले निर्देशन गरेका हुन् ।

हेर्नुहाेस परदेशी २ काे ट्रेलर

तपाईको प्रतिक्रिया