प्रेमी भेट्न आएकी युवतीलाई बैकका सहकर्मीबाटै बलात्कार प्रयास

काठमाडौं, ६ असोज ।
आफ्नो पे्रमिलाई भेट्न आएकी एक महिलालाई अर्को व्यक्तिले बलात्कारको प्रयास गरेको पाइएको छ । इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका हुन ।

बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलत्कारको प्रयास गरेको बताइएको छ । घटना’ पिडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरी जिल्ला अदालतमा पेश गरे पनि अदालतले म्याद थपको अनुमति दिएको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गरी म्याद थपको अनुमति मागेको र अनुमति पाउने बित्तिकै हामी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक रक्सीले मातेर बैँक पुग्ने गरेको पाइएको छ ।

बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो । सँधै पनि बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेको र घटना भएको दिनमा पनि मातेर नै बैंकमा पुगेको पाइएको छ ।

युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए । खाना खाएको केहि घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए । यो घटना असोज २ गते दिउँसो साढे तीन बजेको हो । डेरामा बस्दै आएका प्रेमीको कोठामा युवती बसेकी थिइन् । युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।

बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यस लगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने नहुँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् । युवतीले भनिन ‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे । ‘

त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मदिराले लठ्ठ परेका पिडकले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । “जबरजस्ती लडाएर आधी लुगा खोलेपछि मैले उनको टाईमा पक्रन सफल भएँ । त्यसपछि म ढोका खोल्न सफल भएर अनि बाहिर निस्के । त्यसको १० मिनेट पछि उनका प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाह गर्दा गर्दै रात पर्यो र भोलिपल्ट असोज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ”– पिडित युवतीको बयान छ ।

पिडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामत गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।

“घटनालाई सामसुम बनाउन पिडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । धेरै जनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’ घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पिडितको प्रेमीलाई पिडकका आफन्त र साथीले आग्रह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया