मुर्ति चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रहरीले मुर्ति चोरेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । जुम्लाको सिजा गाउँपालिका-२, रणुखाना निवासी ३७ वर्षका शंकर भन्ने किङकटराज शर्मालाई पक्राउ गरेको हो ।
उनलाइ अदालतले बुद्धको मुर्ती चोरी मुद्दामा ३५ हजार जरिवाना र ६ महिना २९ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका शर्मालाइ हाल जिल्ला प्रहरी कार्यालय, जुम्लामा ल्याई राखिएको र अदालतमा उपस्थिती गराउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरीको कार्यालयले जनाएको छ ।






