पश्चिम नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प

सुर्खेत ।

पश्चिम नेपालमा शनिवार विहान भूकम्पको धक्का महशुस भएको छ ।

शनिवार विहान ११ः४५ बजे बझाङ्ग केन्द्रविन्दु रहेर भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ्ग केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि असोज १७ र १८ गते समेत बझाङ्गमा चार पटकसम्म भूकम्पको धक्का महशुस भएको थियो । सो समयमा ४.३ देखि ४.५ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो । यस घटनामा उक्त क्षेत्रमा केहि घरहरुमा क्षति पुगेका साथै भूकम्पका समयमा भाग्ने क्रममा विद्यार्थी सहित केहि नागरिक समेत घाइते भएका थिए ।

पश्चिम नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प

विद्यालयमै सुरक्षित छैनन् बालबालिका

पश्चिम नेपालमा ५.३ रेक्टर स्केलको भूकम्प

स्वार्थ जोडिँदा संसद्को कामकारबाही प्रभावकारी बन्न सकेन