२०८२ फाल्गुन २६ गते
×

Now Playing

गोठिज्युलामा मापदण्ड विपरित सञ्चालनमा रहेका ५ व्यवसाय कारवाहीमा

गाेल्डेन बुढा/जुम्ला । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले कनकासुन्दरी गाउँपालिकामा रहेको गोठिज्युला बजारमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रमका मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेको पाइएपछि बजारका पाँच वटा पसल कारवाहीमा परेका छन् ।

खाद्य खुद्रा पसलहरुले ग्राहकहरुबाट चर्को मुल्य लिने गरेको साथै म्याद नाघेका वस्तु बिक्रि गर्ने गरेको गुनासो आएपछि जिल्लामा होटेल, खुद्रा पसल, खाद्य पसल, इलोक्ट्रोनिक पसल, भाडा पसल, कस्मेटिक पसलहरु अनुगमन गर्न थालिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

उनका अनुसार गोठिज्युला बजारमा ३१ वटा व्यवसायमा अनुगमन गर्दा पाँच वटा व्यवसायहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटिएपछि कारवाही स्वरुप जरिवाना तिराइएको छ । मुल्य सूची निधारण नगरेका, साईनबोर्ड नभएको, व्वसाय दर्ता नविकरण नगरेको, खरिद बिक्री बिल नराखेको लगायतका कार्य गरेकाले यि पसलहरुलाई कारवाही गरिएको प्रमुख देवकोटाले जानकारी दिए । कारवाहीमा पर्ने पसलहरु केवी एण्ड चाउमिन सस उद्योग, भण्डारी मोवाइल सेन्टर, मालिकावोता भाँडा पसल, धनजय ट्रेडस एण्ड सप्लायर्स र कनकासुन्दरी इलोक्ट्रोनिक्स पसललाई कारवाही गरिएको थियो ।

उनीहरुलाई एक हजार देखि लिएर १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए । यसका साथै दर्ता नभएका पसलहरुले छिट्टै दर्ता गर्नु पर्ने तथा कर लगायतका प्रमाण पत्र उपभोक्ता सबैले देख्ने गरी टाँस गर्नु पर्ने, कर समयमा तिर्नु पर्ने सल्लाह सुझाव दिइएको छ। आन्तरिक राजस्व कार्यालय जुम्ला, ३३ नम्बर गण त्रिपुरा जुम्लाका सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र पाण्डे, कनकासुन्दरी गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु वडुवाल, निमित प्रमुख प्रशासकीय अधिकृत जङ्गलाल बुढा तथा लगोठिज्युला प्रहरी चौकीको सहभागीतामा बजार अनुगमन गरिएको छ ।

गोठिज्युलामा मापदण्ड विपरित सञ्चालनमा रहेका ५ व्यवसाय कारवाहीमा

सल्लीबजारमा भएकाे आँखा शिविरबाट ८ सय जना

गोठिज्युलामा मापदण्ड विपरित सञ्चालनमा रहेका ५ व्यवसाय कारवाहीमा

मनोपरामर्श सेवामा पहुँच बढाउनुपर्छ !

This will close in 0 seconds