जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

गोल्डेन बुढा
जुम्ला, १९ असोज ।
जुम्लामा मानसिक समस्या भएका बिरामी बढ्दै गएका छन् । मानसिक स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको अवस्थामा अब प्रदेश सरकारले सचेतना बढाउनु पर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले अधिकांश अभिभावकका कारणले बालबालिकामा पनि मानसिक रोग देखियो,निकै ख्याल गर्नु जरुरी बताए । मानिस सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।

यस्ता विभिन्न समस्या भएका वार्षिक दुई हजार बढी बिरामी मानसिक समस्याको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आउने गरेको पाइएको छ । प्रतिष्ठानका अनुसार जुम्लामा आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ७६ जना उपचारका लागि पुगेका थिए ।

जसमा महिला एक हजार २ सय २० र पुरुष ८ सय ५६ थिए । आर्थिक वर्ष २०७९/८० मा बढेर २ हजा१ सय ८९ जना अस्पतालमा उपचार गर्न आउने पुगेका छन् । जसमा महिला ८ सय ७१ र पुरुष एक हजार ३ सय १८ रहेका छन् ।

जुम्लामा मनोचिकित्सक नहुँदा कतिपय बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको प्रतिष्ठानका परामर्शदाता नन्दराज आचार्यले बताए । उनका अनुसार प्रतिष्ठानमा ८/९ महिनादेखि दरखास्त आह्वान गरे पनि चिकित्सक आएका छैनन् ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए । विगतको तुलनामा अहिले मानसिक समस्याको शङ्का लाग्नासाथ बिरामी औषधि उपचारका लागि अस्पताल आउने क्रम बढेको उनको भनाई छ ।

कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू प्राथमिकता दिने तथा १२ वटा औषधी आपूर्ति गरी वितरण गर्ने मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्र गैरेले बताए । जुम्लामा घरेलु हिंसा, लागु औषध जस्ता कारणले मानसिक समस्याका रोगी बढेको अनुमान गरिएको छ। मानसिक समस्या भएका व्यक्तिका लागि घरपरिवार गरै जिम्मेवार भएको देखिन्छ ।

मानसिक समस्याका रोगीहरू सडकमा पुगेपछि सरोकारवालाले उद्धार गर्नुपर्छ त्यसपछि सम्बन्धी परिवारलाई कुनै मतलब हुँदैन । मानसिक समस्याका कारण आत्महत्या हुनेको दर पनि बढेको छ ।

जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

सल्यानमा कर्मचारीहरुको ‘पेन डाउन’, स्थानीय तहको सेवा

जुम्लामा बढ्दै मानसिक रोगी, अस्पतालमा मनोचिकित्सकको अभाव

सल्लीबजारमा भएकाे आँखा शिविरबाट ८ सय जना

This will close in 0 seconds