हामी सरकारबाट हटेको होइन, हटाएको हो : अध्यक्ष वलि

नेकपा एमालेका अध्यक्ष केपि शर्माले मध्यपहाडी संकल्प यात्राका क्रममै मंगलवार सल्लिवजारमा पुगेर हाल वर्तमान अवस्थामा देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको वताए ।

आफ्नो सरकारका वेला देशको अर्थतन्त्र मजवुत भएको र हाल आएर राज्यको अर्थिक अवस्था ग्रिदो अवस्थामा पुगेको दावि गरे ।
जनताका समस्या दुखपिडा वुझ्न यो यात्रामा रहेको वलिको भनाइ रहेको थियोे । यहि क्रममै जाजरकोट,रुकुम पश्चिमको भुकम्प पिडित नागरिकहरुसँग समेत भेटघाट गर्ने जनाएको छ ।
हामीलाई सरकारबाट हट्याएको हो,हटेको होइन भन्दै वलिले आफू प्रधानमन्त्री हुदा विकासले रोडम्याप तय गरेको, दुर्तगतिमा विकास हुदै गरेको, शिक्षा, स्वास्थ्य र शुशासन सवलिकरण हुदै थियोे तर विडम्बनापूर्ण हाम्रो कामको गति देखेर विरोधिहरु आतिएर त्यो वेला सरकार माथि प्रहार भएको जनाएको छ ।

साथै पार्टी भित्रका हरिया सर्प समेत त्यो खेलमा लागेको वलिको भनाइ रहेको छ ।
उक्त यात्रा केन्द्रीय पदाधिकारीहरु,केन्द्रीय सदस्य लगाएतका जम्बो टोलिहरु उपस्थिति रहेका थिए । वलिले सम्वोधन गर्ने कार्यक्रमको अध्यक्ष सल्यान जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले गरेका थिए भने सञ्चालन जिल्ला उपाध्यक्ष भिमवहादुर सेनले गरेका थिए ।
नेकपा एमालेले सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ, पाँचथरसम्म झण्डै १९ सय किलोमिटर सडकमा शीर्ष तहका नेतालाई यात्रा गराउँदै छ ।
एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । मध्यपहाडी संकल्प यात्रामा एमाले, बैतडीको झुलाघाटबाट सुरु भएको १९औँ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने संकल्प यात्रामा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने २६ जिल्लाका नागरिकसँग प्रत्यक्ष भलाकुसारी गर्ने कार्यक्रम रहेको अध्यक्ष वलिको भनाइ रहेको छ ।
अभियानलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि योजना बनाउने घोषणा समेत रहेको छ । सोहि क्रममै मंगलवार मंसिर १९ गते मंगलवार यात्राको छैटौं दिन सल्यान पश्चिम सल्लिवजारमा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा वलिलाई भव्य स्वागत समेत गरिएको छ ।






