नेकपा अध्यक्ष ओलीले गरे भेरी डाइभर्सन आयोजनाको अवलोकन, गुणस्तरीय काम गर्न आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको अवलोकन गरेका छन् ।

उनले मंगलवार बिहान अवलोकन गर्दै निर्माणकर्तालाई गुणस्तरीय काम गर्न आग्रह गरे । महाकाली–मेची संकल्प यात्राका क्रममा रहेका ओलीले निर्माणको काममा केही ढिलाइ भएको भए पनि अब चाँडो काम सम्पन्न हुने आशा व्यक्त गरे ।

भेरी बबई डाइभर्सनको ‘ब्रेक थ्रू’ ओली प्रधानमन्त्री भएकै पालामा भएको थियो । आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको ओलीले बताए ।

सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले पनि ठुलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरमा सम्झौता गर्न नहुने ओलीको धारणा छ ।

यो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ । आयोजनाबाट ४६ दशमलव आठ मेगावाट विद्युत् समेत उत्पादन हुने छ ।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पु¥याउने सो आयोजनाको लक्ष रहेको छ । सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ ।

आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुगेका थिए । उनीहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिएका थिए ।

नेकपा अध्यक्ष ओलीले गरे भेरी डाइभर्सन आयोजनाको अवलोकन, गुणस्तरीय काम गर्न आग्रह

हिमपातका कारण बागलुङ र पूर्वी रुकुम जोड्ने

नेकपा अध्यक्ष ओलीले गरे भेरी डाइभर्सन आयोजनाको अवलोकन, गुणस्तरीय काम गर्न आग्रह

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा