जडीबुटी निकासी घट्यो

हुम्ला । साउन महिनायता हुम्ला जिल्लाबाट जडीबुटी निकासी घटेको छ । गत वर्षभन्दा यस वर्ष जिल्लाबाट निकासी हुने जडीबुटी तीन सय प्रतिशतभन्दा घटेको पाइएको हो । डिभिजन वन कार्यालयका प्रमुख बलमलाल चौधरीले यस आर्थिक वर्षको साउन महिनायता जिल्लाबाट बाहिर निकासी हुने जडीबुटीको परिमाण जम्मा एक सय ४९ दशमलव ६८ क्विन्टल रहेको बताए ।

जबकि गत वर्ष साढे चार सय क्विन्टल जिल्लाबाट निकासी भएको थियो । यस वर्ष जडीबुटी व्यापारीले नौ प्रकारका जडीबुटी बुकीफुुल, वन लसुुन, कुट्की, खिरौला, अत्तिस, अल्लो निकासीका लागि ३६० दशमलव १५ क्विन्टलको संकलन पुुर्जी कार्यालयबाट लिएका थिए ।

उनले व्यापारीले संकलन पुर्जी लिने तर किसानबाट जडीबुटी कम संकलन हुने भएकाले निकासी दर घट्दै गएको बताए । यसमा कुट्टी ८९ क्विन्टल, वन लसुुन ६८ केजी, खिरौला (सेतक चिनी) साठी क्विन्टल मात्र जिल्लाबाट निकासी भएको कार्यालयको रेकर्डमा देखिन्छ । यी जडीबुटी निकासीबाट पाँच लाख आठ हजार ४० रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ ।

संकलन पुर्जीअनुुसारको जडीबुटी निकासी भएको भए राज्यलाई ११ लाख ५९ हजार ७ सय ८५ रुपैयाँ राजस्व संकलन हुने थियो ।

जडीबुटी निकासी घट्यो

खाजामा स्थानीय उत्पादन उत्तम विकल्प

जडीबुटी निकासी घट्यो

इन्डो-नेपाल-बङ्गलादेश मिडिया कान्क्लेव २०२३ सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *