भूकम्पमा घाईते २५ जनालाई प्रदेश अस्पताल ल्याईयो

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा घाइते २५ जना विरामीलाई प्रदेश अस्पताल उपचारका लागि ल्याइएको छ ।
प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्का अनुसार शनिवार दुई बजेसम्ममा २५ जना विरामी प्रदेश अस्पताल उपचारका लागि ल्याईपु¥याइएको हो ।
प्रदेश अस्पताल पु¥याइएका विरामीहरु मध्येमा एक जनालाई सघन कक्ष (भेन्टिलेटर)मा राखेर उपचार गरिएको छ । त्यसैगरी तीन जनाको शल्यक्रियाको तयारी र दुई जना सामान्य उपचार पछि डिस्चार्जको अवस्थामा रहेको डा. खड्काले जानकारी दिए ।
अझैपनि अस्पतालसँग ५० बेड भूकम्पका घाईतेहरुको उपचारका लागि प्रयोग गर्न तयारी अवस्थामा राखिएका छन् । यसका साथै हाललाई स्वास्थ्यकर्मी सहितका जनशक्तिहरु तयारी अवस्थामा रहेको डा. खड्काले जानकारी दिए ।






